देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक: दिपक गुरुङ

पाेखरा | कात्तिक २५, २०७९

देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक:  दिपक गुरुङ

 

पोखरा:  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार गठबन्धनको सरकार बन्ने बताए । 


उनले अघिल्लो सरकारले संसद विघटनदेखि जनतालाई दिएको सास्तीको बारेमा मतदाताले मनन गर्नुपर्ने बताए । गुरुङले धेरै मतदाता बुझ्ने हुँदा पहिलेजस्तो पछुत्याउन पर्ने अवस्था नआउने बताए । ‘जनताहरु धेरै बुझ्ने हुनुहुन्छ । अघिल्लो पटक जस्तो गल्ती योपटक दोहोरिँदैन,’ उनले भने, ‘विचार पु¥याएर योग्य मान्छेलाई भोट हाल्न जनताले खोजेका छन् ।’ उनले आफू पहिलो पटक उम्मेदवारको रुपमा आएपनि लक्ष्य ठूलो रहेको सुनाए । ‘म युवा हो । एकपटक मलाई विश्वास गर्नुहोस्,’ उनले भने, ‘अर्को पटक आउँदा मेरो हजुरहरुले नै राम्रो कामको तारिफ गर्नुहुनेछ ।’


उनले प्रदेशको नेतृत्व गरेर उम्मेदवार दिइरहँदा युवा र खेलकुदलाई पनि प्राथमकितामा राखेको बताए । उनले जिल्ला, प्रदेशमा हुने विभिन्न अतिरिक्त खेलको प्रबद्र्धन गर्नेदेखि खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने बताए । ‘खेल र खेलाडीको भविष्यको सुरक्षाको लागि व्यावसायिक खेलाडीलाई प्रोत्साहन गरि उनीहरुको लागि आवश्यक योजना र कार्यक्रम अगाडि बढाइनेछ,’ उनले भने, ‘दक्ष प्रशिक्षकको व्यवस्था गरि स्वस्थ जीवनका लागि खेलकुद नामक जागरण अभियान सञ्चालन गरिनेछ ।’


त्यस्तै पछिल्लो समयमा दैनिक जसो घटिरहने महिला तथा बालबालिका हिंसा सम्बन्धी सचेतनामुलका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘घरबाटै समानता, आर्थिक क्षेत्रमा महिलाको संलग्नता नारालाई आत्मसाथ गर्दै लंैगिक तथा घरेलु हिंसा र बालहिंसा अन्त्यको लागि अभियान सञ्चालन गरिनेछ,’ उनले भने, ‘बालबालिका र महिलामैत्री संरचना निर्माण गरिनेछ ।’ पोखरा–१२ मा रहेका भूमिहीन सुकुम्बासी बस्तीलाई व्यवस्थित  बसोबासको व्यवस्था गरिने उनले बताए । उनले भूमिहीनहरुको स्रोत, साधन र अवसरमा पहुँच बृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने बताए । ‘अव्यवस्थित बसोबास भएका तथा छुट भएका जग्गा दर्ताका लागि सम्बन्धित सरोकारवालसँग समन्वय गरेर समस्या समाधान गरिनेछ,’ उनले भने । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्